जापानमा अमेरिकी सैन्य विमान दुर्घटना, १ जनाको मृत्यु « Khabarhub

जापानमा अमेरिकी सैन्य विमान दुर्घटना, १ जनाको मृत्यु


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

टोकियो- पश्चिमी जापानमा एउटा अमेरिकी सैन्य विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । अर्का दुई जना बेपत्ता छन् । ६ जना सवार विमान बुधबार पश्चिमी जापानको याकुशिमा टापुबाट ३ किलोमिटर टाढा समुद्रमा दुर्घटनामा परेको थियो ।

अमेरिकी सेनको भी २२ ओस्प्रे विमान दुर्घटनामा परेको हो । विमान दुर्घटनामा परेपछि माछा मारिरहेका माझीहरुले तीन जनाको उद्धार गरेका थिए ।

सो क्षेत्रमा रहेको अमेरिकी सैन्य बलले दुर्घटनाबारे थप विवरण संकलन गरिरहेको रोयटर्सले जनाएको छ । जापानमा ५४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

स्थानीय समयअनुसार ३ बजेतिर विमान दुर्घटनामा परेको थियो । दुर्घटनाका बेला विमानको बायाँ इन्जिनमा आगो लागेको जनाइएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : ४४ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००