सीसीटीभी प्रकरणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश « Khabarhub

सीसीटीभी प्रकरणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता नगर्ने सर्वोच्च अदालत प्रशासनको आदेश बदर गरेको छ ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ हुने सर्वोच्च प्रशासनको आदेश बदर गरेको हो ।

यो आदेशसँगै गतवर्ष बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विवादमाथि न्यायिक छानबिन हुनुपर्ने माग अदालत प्रवेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा हुँदा बजेट तयारीको अन्तिम दिन २०७९ जेठ १४ गते अवकाशप्राप्त नासु रघुनाथ घिमिरे अर्थमन्त्रालयमा प्रवेश गरेका थिए । मन्त्रालयमा प्रवेश गरी बजेटमा करको दर हेरफेर गरेको आरोपपछि संसदीय छानविन समिति समेत बनेको थियो ।

सो समयमा अर्थ मन्त्रालयले आफूसँग १४ गते रातिको सीसीटीभी फुटेज नभएको भन्दै विवरण दिन अस्वीकार गरेको थियो । त्यतिबेला नै अधिवक्ता जयप्रसाद पौडेलले घटनामा संलग्नमाथि छानबिन गर्नुपर्ने र त्यसका लागि न्यायिक जाँचबुझ आयोग गठन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

त्यतिबेला सर्वोच्च अदालतले प्रशासनले संसदीय छानबिन समिति क्रियाशिल भएको बेलामा त्यसको अधिकारमा हस्तक्षेप हुनेगरी न्यायालय प्रवेश गर्नु उचित नहुने भन्दै निवेदन दरपीठ गरेको थियो ।

तर, विशेष छानविन समितिले बजेटको दर हेरफेर गरेको पुष्टि नभएको भन्दै अनुसन्धान टुंग्याएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : १९ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय