४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन  « Khabarhub

४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन 


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा- करदाता सेवा कार्यालय चरिकोटले चालु आर्थिक वर्षको साउन देखी कात्तिक मसान्तसम्म ४ महिनाको अवधिमा ८ करोड ५४ लाख भन्दा धेरै आन्तरिक आम्दानी गर्न सफल भएको छ ।

कार्यालयले साउन देखी कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन गरेको करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले बताएकी हुन् ।

कार्यालय यो ४ महिनाको अवधिमा बैंक भौचरबाट ४ करोड ९५ लाख ५७ हजार रुपैयाँ र ई पेमेन्टबाट ३ करोड ५९ लाख २१ हजार २ सय ९२ रुपैयाँ राजस्व संकलन भएको गौतमले बताइन् ।

कार्यालयले आयकर, पारिश्रमिक आयकर, पुँजीगत लाभ कर व्यक्तिगत, आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक,आयकर प्रालि, सामाजिक सुरक्षा कर, बहाल कर,मूल्य मुअ कर, ब्याज कर,अन्त: शुल्क औद्योगिक उत्पादन कर, मदिरा कर, सुर्तीजन्य पदार्थ कर, सञ्चार बिमा कर लगायतका राजस्व शीर्षकबाट ७ करोड ५२ हजार राजस्व संकलन गरेको हो । त्यस्तै कात्तिक महिनामा मात्रै १ करोड ५४ लाख २६ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा वृद्धि हुने कार्यालयले अनुमान गरेको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको