रास्वपाको उपसभापतिमा वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ « Khabarhub

रास्वपाको उपसभापतिमा वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

धनुषा – राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ । जलेश्वरमा तीन दिनसम्म बसेको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले सो निर्णय गरेको हो ।

संयुक्त बैठकले सांसद समेत रहेकी नेतृ सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय बनाएको छ । पार्टीमा सबै सांसदलाई केन्द्रीय सदस्य बनाइएको हो ।

बैठकले पाँच केन्द्रीय सदस्य थप गरेको छ । थपिएका केन्द्रीय सदस्यहरुमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ५० बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख