'नागरिकता वितरणमा पुरुष र महिलाबीच विभेद छ, सुधार गरिनुपर्छ' | Khabarhub Khabarhub

‘नागरिकता वितरणमा पुरुष र महिलाबीच विभेद छ, सुधार गरिनुपर्छ’


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकता वितरणमा पुरुष र महिलाका नाममा विभेद रहेको भन्दै संविधान एवं कानुनमै सुधार गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

‘लैङ्गिक विभेदपूर्ण नागरिकता कानुनको संशोधनसम्बन्धी छलफल’ कार्यक्रममा सांसदहरुले पटकटकको आन्दोलनले नागरिकलाई अधिकार दिएको भने पनि नागरिकताका सवालमा समानताको व्यवहार हुन नसक्दा समस्या आएको बताए ।

महिला, कानुन र विकास मञ्चले आज  आयोजना गरेको कार्यक्रममा सांसद एवं नेपाली कांग्रेसका सचेतक सुशीला थिङले आमाका नाममा नागरिकता लिँदा बाबुका बारेमा आमा र बच्चाले स्वघोषणा गर्नुपर्ने एवं पछि कैफियत भेटिएर मुद्दा चलेमा एक वर्ष जेल र जरिवाना पनि तिर्नुपर्ने जस्ता व्यवस्थाले समानता नदेखिएको बताइन् । नागरिकताका विषयमा देखिएका असमान व्यवस्थाका विषयमा सबै दलका सांसदबीच साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी पनि उनले दिइन् । संविधानमै लेखे जसरी नै सहज रूपमा नागरिकता वितरण गरिनुपर्ने सांसद थिङको भनाइ थियो ।

नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद विद्या भट्टराईले नागरिकताका विषयमा हुने गरेका विभेदपूर्ण व्यवहारकै कारण नागरिकले सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत अधिकार पाउन नसक्ने अवस्था रहेको बताइन् । नागरिकताका सवालमा संविधानमा प्रयोग भएको भाष्यले सबै नागरिकलाई समान अधिकार दिने विषय व्यावहारिक कार्यान्वयनमा पनि आउनुपर्ने उनले बताइन् ।

कार्यक्रममा अधिकारकर्मी तुलसालता अमात्य, अधिवक्ता सुषमा गौतम र विनोद देवकोटालगायतले नागरिकताका विषयमा भएका लैङ्गिक विभेदपूर्ण व्यवस्थाको अन्त्यका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : १७ बजे

ओली क्याबिनेट : दोहोरिएका यी अनुहारलाई अर्को अवसर

काठमाडौैं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ

प्रधानमन्त्री ओलीद्वारा सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका

ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल सरकारको

जनमत भन्छ- हाम्रो प्राथमिकतामा केन्द्र सरकार थिएन, मधेसमा राम्रो काम गर्छौं 

काठमाडौं– मधेस प्रदेश सरकारमा नेतृत्व गरिरहेको सीके राउतको पार्टी जनमत

प्रचण्डको समीक्षा – सरकारमा १८ महिने तेस्रो कार्यकाल सफल

काठमाडौं- निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साढे १८ महिने