श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ | Khabarhub Khabarhub

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवको हत्या अभियोगमा आज पक्राउ गरेको हो । गत बिहीबार ७ गते श्रीमती हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले राससलाई जानकारी दिए ।

घरायसी विवादका क्रममा श्रीमानले इँटा र भाटाले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारको लागि छिमेकी भारतीय बजार जयनगर लगेको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास र अनुसन्धान गर्दा हत्या गरी भारततर्फ लगेको खुलेको बताएको छ ।

यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोली थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको छ । मृतकका पाँच छोराछोरी छन् । प्रहरीले सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ०९ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक