सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील छ : उपप्रधानमन्त्री श्रेष्ठ


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले आज फर्पिङमा आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तन पछाडि जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सरकारको ध्यान केन्द्रित भएको बताए ।

“सरकार योजनाबद्ध विकासमार्फत जनताको जीवनमा गुणात्मक फड्को मार्ने दिशामा अघि बढेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “सुशासन, समृद्धि र सामाजिक न्यायलाई वर्तमान सरकारले प्रमुख कार्यभार बनाएको छ ।” मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएकोे भए पनि अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्दै उनले अर्थव्यवस्थालाई लयमा ल्याएर समृद्धिलाई गति दिइने बताए ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग गम्भीररुपमा छलफल गर्नुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले छिट्टै सरकारले समस्या समाधानका लागि ठोस प्रयास अघि बढाउने बताए । सरकारले थालेको सुशासनको अभियान नरोकिएको उल्लेख गर्दै उहाँले सुशासनलाई गति दिने गरी सरकारले कार्ययोजना निर्माण गरिरहेको बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । आवश्यक कानुन संशोधन गरेर भूमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा भूमिहीनलाई जग्गा उपलब्ध गराइने बताए । त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र राजस्वमा आधा छुट दिने निर्णय गरिसकेको उनले जानकारी दिए।

पार्टी तीन महिने रुपान्तरणको अभियानमा रहेको जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारका राम्रा कामलाई अभियानमार्फत जनतामा पु¥याउन नेता कार्यकर्तालाई निर्देशन दिए । “सरकारले इतिहासमै राम्रो काम गर्नुपर्ने अवस्था रहेको छ”, उनले भने, “नेता कार्यकर्ताले पनि पार्टीलाई रुपान्तरण गर्न ध्यान दिनुपर्छ ।” सो क्रममा माओवादीका स्थानीय नेता कार्यकर्ताले काठमाडौँको दक्षिणी भेग विकासमा पछि परेको गुनासो गरेका थिए ।

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठ दक्षिणकाली नगरपालिका–९ मा ओशोधारा सङ्घ नेपालद्वारा निर्मित ओशो कैलाश हिमालय धाम (ध्यान केन्द्र)को उद्घाटन समारोहमा सहभागी भएका छन् । सो अवसरमा उनले पछिल्लो समय नकारात्मकता बढिरहेको सन्दर्भमा सकारात्मक सोचको अभिवृद्धि गर्न ध्यान केन्द्रले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : १७ बजे

एनपीएल फाइनल : लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

प्रधानमन्त्रीले भारत भ्रमणमा निजी क्षेत्रका समस्यालाई उठाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं- नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा साविक विजेता

एनपीएल फाइनलको महाभिडन्तमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणको उपाधिका

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

काठमाडौँ- स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको