पोखराको एलजीले जित्यो भिमाद कपको उपाधि « Khabarhub

पोखराको एलजीले जित्यो भिमाद कपको उपाधि


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले जितेको छ । आयोजक भिमाद युवा क्लब (रातो)लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो ।

फाइनल खेलको निर्धारित समयमा दुवै टोली गोल गर्नबाट वञ्चित भए । अतिरिक्त समयमा पनि गोल हुन पाएन र टुङ्गो ट्राइबेकरबाट लिनुपरेको थियो । ट्राइबेकरमा एलजीले भिमादलाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

एलजी एशोसिएसन तनहुँ ११ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै आयोजक भीमाद युवा क्लबले सङ्गम एफसी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

उपाधिसँगै एलजीले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । हरिबोधनी एकादशीको अवसर पारेर सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : २७ बजे

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ