प्रदेशका प्रशासनिक संरचनालाई स्थायी बनाउछौँ : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

प्रदेशका प्रशासनिक संरचनालाई स्थायी बनाउछौँ : मुख्यमन्त्री जम्कट्टेल


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनहरी – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताएका छन् ।

बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचना एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताए ।

उनले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालय विस्तारै सरकारी भवनमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताए।

यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौती गरेर उत्पादनमा जोड दिने गरी काम गरिने बताए। उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गरे। प्रदेश सरकारले कृषि क्षेत्रमा सामुदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारिकरणतर्फ समेत ध्यान दिइने बताए । प्रदेश सरकारले देखिने गरी सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री रामकृष्ण चित्रकारले निजी घरमा भाडामा बसेका थियौँ, अब सरकारी भवनमा सरेपछि थप उर्जाका साथ सेवा प्रभाव गरिने बताए । जनताले महसुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनुपर्ने भन्दै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभाका सदस्य, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ४९ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

चितवन– शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १