ऋषभ पन्त बने दिल्ली क्यापिटल्सको नयाँ कप्तान « Khabarhub

ऋषभ पन्त बने दिल्ली क्यापिटल्सको नयाँ कप्तान


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्घटनामा परेपछि लामो समय मैदान बाहिर रहेका ऋषभ पन्त पुनः इन्डियन प्रिमियर लिग (आईपीएल)मा फर्कने भएका छन् । आगामी सिजनको आईपीएलमा उनी दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिने छन् ।

दुर्घटनामा परेपछि उनले अघिल्लो सिजनको आईपीएल र हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि गुमाएका थिए । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले २६ वर्षीय विकेटकिपर ब्याट्सम्यान पन्त आगामी आईपीएलमा कप्तानको भूमिकामा फर्किने जानकारी दिए ।

सडक दुर्घटनामा परेर घाइते भएका पन्तको घुँडाको शल्यक्रिया गरिएको थियो ।उनको लिगामेन्टमा पनि गम्भीर समस्या देखिएको थियो । अहिले पन्तको स्वास्थ्यमा सुधार आएको समाचारमा जनाइएको छ । केही क्रिकेट विश्लेषकले भने पन्त अझै पूणर्रुपमा स्वस्थ्य भइनसकेको दाबी गरेका छन् ।

दिल्ली क्यापिटल्सले भने आगामी आईपीएलमा विकेटकिपरको भूमिका निर्वाह गर्न नसके पनि पन्तले टोलीका लागि उत्कृष्ट ब्याटिङ गर्ने विश्वास लिएको छ । दिल्ली क्यापिटल्सले आफ्ना दुवै विकेटकिपर फिल साल्ट र सरफराज खानलाई रिलिज गरिसकेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : १० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १