आज २०८० साल पुस १३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल पुस १३ गते शुक्रबारको राशिफल


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १३ गते शुक्रबार तदनुसार सन् २०२३ डिसेम्बर २९ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी हुनेछ। व्यपारबाट आम्दानी हुनेछ। राजनीति क्षेत्रमा भने छट्टुको पञ्जामा पर्न सकिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : स्वदेशमा व्यापार व्यवसायको विकल्प देख्न सकिन्छ। आज दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। अचानक धन प्राप्त हुनेछ। आर्थिक र सामाजिक क्षेत्रको लगानी राम्रो हुनेछ। शुभ कार्यमा सहभागी हुने भएकाले दिन रमाइलो हुन्छ। परिवारमा भने अविश्वास हुनसक्छ।

कर्कट : आजको दैनिकी राम्रो छ। समाजले भने तपाईंमाथि प्रहार गर्न सक्ने देखिन्छ। परिवारमा विवाद नगर्नु राम्रो हुन्छ। विवादले आफन्त टाढिने जोखिम छ।

सिंह : दैनिकी राम्रो छ। तर्कमा हारेर कामबाट जित्नु राम्रो हुन्छ। धेरै नबोली काम गर्दा फाइदा हुने देखिन्छ। हरेक क्षेत्र सुदृढ रहे पनि परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

कन्या : आफूले आफूलाई चिन्ने प्रयास गर्नुपर्छ। आफ्नो मूल्यांकन गर्न सकियो भने सफलता मिल्नेछ। आफ्नो कमजोरी आफूलाई थाहा नभए अर्कैले फाइदा लिने देखिन्छ।

तुला : अचानक खर्च हुनसक्छ। सचेत भएर व्यवहार गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आजको दिन सामान्य छ। आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने देखिन्छ। आर्थिक, सामाजिक र पारिवारिक झन्झट आइपर्ने देखिन्छ।

धनु : व्यापारबाट फाइदा हुनेछ। पुराना ग्राहकबाट फाइदा हुनेछ। दिन रमाइलो भएकाले परिवारको साथ मिल्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : खर्च कम गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परोपकारमा मन जाने हुनसक्छ। खराब साथीसँग सचेत हुन राम्रो हुन्छ। परिवारभित्र खटपटी हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा खुट्टा तान्ने र कुरा काट्ने साथी हुनसक्छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको सम्पत्तिको राम्रो प्रतिफल मिल्नेछ। परिवारमा मन मुटाव हुनसक्छ।

मीन : हरेक क्षेत्र सबल छन्। आफूले हिम्मत गरेमा काम बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्ने देखिन्छ। प्रेममा सफलता प्राप्त हुनसक्छ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : २० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार