वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित « Khabarhub

वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए । यो वेस्ट हाम युनाइटेड यस सिजनमा १०औं जित हो । यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै आर्सनलले भने यो हारपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो यस सिजनमा आर्सनलको तेस्रो हार हो । १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ ।

आर्सनलको हारपछि यसको फाइदा लिभरपुललाई भएको छ । लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : १२ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित