एक सातामा प्रभासको  ‘सालार’ ५०० करोड क्लबमा प्रवेश « Khabarhub

एक सातामा प्रभासको  ‘सालार’ ५०० करोड क्लबमा प्रवेश


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुपरस्टार प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

यो चलचित्रको कलेक्सन दिनप्रतिदिन बढ्दै गएको छ । प्रभासको फिल्मले देशमा मात्र नभई विदेशमा पनि धुम मच्चाइरहेको छ । अब यो चलचित्रको विश्वव्यापी संग्रहको पछिल्लो तथ्यांक बाहिर आएको छ ।

सोसल मिडिया प्लेटफर्म एक्समा ‘सालार’ नामको अफिसियल पेज छ, जसमा फिल्मको हालसम्मको कुल कमाईको जानकारी दिइएको छ । यस अनुसार प्रभासको ‘सलार’ ५०० करोड क्लबमा प्रवेश गरेको छ । प्रभासको फिल्मले एक हप्ता भन्दा कम अर्थात् ६ दिनमा यो उपलब्धि हासिल गरेको हो ।

शाहरुख खानको फिल्म ‘डंकी’ रिलिज भएको दोस्रो दिन मात्रै २२ डिसेम्बरमा प्रभासको ‘सालार’ रिलिज भएको थियो । बक्स अफिसमा यो फिल्मले पहिलो दिन विश्वभर १७८.७ करोड कमाएर इतिहास रच्यो । योसँगै ‘सालार’ले शाहरुख खानको ‘जवान’ र ‘पठान’को ओपनिङ डे कलेक्सन रेकर्ड पनि तोडेको थियो । सन् २०२३ मा रिलिज भएको ‘पठान’ ले पहिलो दिन १०६ करोड र ‘जवान’ले १२९.६ करोडको व्यापार गरेको थियो ।

केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ जस्ता ब्लकबस्टर फिल्म निर्देशन गर्ने चर्चित प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभासका अलावा पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, श्रिया रेड्डी र टिनु आनन्द जस्ता कलाकारको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मको कथा दुई साथी वेधा र वर्धाको वरिपरि घुमेको छ, जो पछि दुश्मन बन्छन्।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : २७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी