ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ « Khabarhub

ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बारा– बन सुरक्षाकर्मीसहित प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट अवैध उत्खननको ढुङ्गासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ वडा नम्बर १ का वर्ष २० का समिर धामी, वर्ष १७ का सनी धामी, वर्ष २७ का शेष चौधरी र वर्ष १७ का सिद्धान्त धामी रहेका छन ।  

सव डिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासका अनुसार चुरे क्षेत्रमा पर्ने धन्सार खोलाबाट अवैध उत्खनन गरेर प्र २- ०३-००१ त ९२२ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई ट्याक्टरसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई थप कारबाहीको लागि डिभिजन वन कार्यालय सिमरा पठाइएको कार्यालय प्रमुख दासले जानकारी दिए । 

सिगौंल क्षेत्रमा अवैध उत्खनन बढेको गुनासो बढेपछि नियन्त्रणमा सव डिभिजन वन कार्यालय निजगढ, सशस्त्र प्रहरीको वल विपद व्यवस्थापन वेस निजगढ र इलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको संयुक्त परिचालन गरिएको थियो । 

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : ४६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस