आप्रवासी बढेको भन्दै मेक्सिको र अमेरिका बिच सीमा खुल्ला गर्ने सहमति « Khabarhub

आप्रवासी बढेको भन्दै मेक्सिको र अमेरिका बिच सीमा खुल्ला गर्ने सहमति


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आप्रावासी बढेको भन्दै मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन् ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका अनुसार बिहीबार साझा सीमामा धेरै संख्यामा आप्रवासीहरू आइपुगेका कारण सीमा खुल्ला राख्न सहमत भएका हुन् ।

हाल धेरै प्रमुख रेल सिंगहरू अस्थायी रूपमा बन्द भएका छन् ।

राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले भने ‘यो सम्झौता भइसकेको छ, स्थिति सामान्य बनाउन रेल क्रसिङ र सीमा पुलहरू पहिले नै खोलिएको छ,’ लोपेज ओब्राडोरले पत्रकार सम्मेलनमा मिडियालाई भने, ‘हरेक दिन सीमा पुलहरूमा बढी आवतजावत हुनेछ ।’

लोपेज ओब्राडोरले बुधवारको अमेरिकी प्रतिनिधिमण्डलसँगको बैठक, जसमा राज्य सचिव एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्काससमेत थिए ।

आप्रवासीहरूको ठूलो समूह बिस्तारै संयुक्त राज्य अमेरिकामा प्रवेश पाउने आशा लिएर सीमातर्फ अघि बढिरहेको बेला यो वार्ता भएको हो। लोपेज ओब्राडोरले भने, ‘अन्तिम गणनामा कारवाँमा करिब १५ सय आप्रावासीहरु रहेका थिए ।’

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ११ : ०३ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन