मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक « Khabarhub

मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित  कार्यक्रममा वरिष्ठ मूर्तिकार मैनालीका लेखसङ्ग्रह ‘कलाका कुरा’, कवितासङ्ग्रह ‘मेरो कामना’ र ठाकुरप्रसाद मैनालीः सिर्जना र विवेचना’ कृति सार्वजनिक गरिएको हो। कलाकार मैनालीको व्यक्तित्व र कृतित्व सम्बन्धमा अन्य लेखकले चर्चा गरिएका लेख ‘सिर्जना र विवेचना’ कृतिमा समेटिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग र नेपाली समसामयिक मूर्तिकार समुह ‘आरम्भ’ द्वारा संयुक्त रुपमा आयोजित  कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तमछाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्र थुम्केली, प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो र वरिष्ठ मूर्तिकार मैनालीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

कूलपति हार्तमछालीले मूर्तिकार मैनाली जिउँदो पुस्तकका रुपमा रहेको बताए । उनले मूर्तिकार मैनालीको व्यक्तित्व र कृतित्व नेपाली कला इतिहासमा उदाहरणीय रहेको चर्चा गर्दै उनका अनुभवलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक कार्य गरिरहेको बताए ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलाका क्षेत्रमा योगदान पुर्‍याएको पुस्ताको बिरासतलाई जोगाएर लैजान नयाँ पुस्तालाई जोड्दै जान आवश्यक रहेको  चर्चा गरे ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कला इतिहासका लागि मूर्तिकार मैनालीका पुस्तक दस्तावेजका रुपमा रहने र कलाका नयाँ पुस्ताका लागि बौद्धिक खुराक हुने बताए । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ११ : ४५ बजे

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक