गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति « Khabarhub

गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजाको स्वास्थ्य मन्त्रालयले २० जना गम्भीर बिरामीलाई इजिप्टमा उपचारका लागि जाने अनुमति दिएको बताएको छ ।

टेलिग्राममा पोष्ट गरिएको जानकारी अनुसार गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजिप्टमा आपतकालीन उपचारका लागि २० जना बिरामीहरूलाई घेराबन्दीबाट बाहिर यात्रा गर्न अनुमति दिइएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यी बिरामीहरूलाई शुक्रबार बिहान राफा क्रसिङबाट यात्रा गर्न अनुमति दिइनेछ।’ यसरी उपचारका लागि बाहिर पठाउन सूचीकृत भएका २० बिरामीमध्ये टाउकोमा चोट लागेको एक महिनाकी बालिका पनि रहेकी छिन् ।

अब युसेफ अल नज्जर अस्पतालका मेडिकल निर्देशक डा. मारवान अल हम्स सहित गाजाका मेडिकल अधिकारीहरूले गम्भीर चिकित्सा अवस्था भएका बिरामीहरूलाई घेराबन्दी क्षेत्र बाहिर जीवन बचाउनको लागि गाजा छोड्न अनुमति दिन बारम्बार अनुरोध गर्दै आएका छन ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ०७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस