गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति « Khabarhub

गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजाको स्वास्थ्य मन्त्रालयले २० जना गम्भीर बिरामीलाई इजिप्टमा उपचारका लागि जाने अनुमति दिएको बताएको छ ।

टेलिग्राममा पोष्ट गरिएको जानकारी अनुसार गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजिप्टमा आपतकालीन उपचारका लागि २० जना बिरामीहरूलाई घेराबन्दीबाट बाहिर यात्रा गर्न अनुमति दिइएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यी बिरामीहरूलाई शुक्रबार बिहान राफा क्रसिङबाट यात्रा गर्न अनुमति दिइनेछ।’ यसरी उपचारका लागि बाहिर पठाउन सूचीकृत भएका २० बिरामीमध्ये टाउकोमा चोट लागेको एक महिनाकी बालिका पनि रहेकी छिन् ।

अब युसेफ अल नज्जर अस्पतालका मेडिकल निर्देशक डा. मारवान अल हम्स सहित गाजाका मेडिकल अधिकारीहरूले गम्भीर चिकित्सा अवस्था भएका बिरामीहरूलाई घेराबन्दी क्षेत्र बाहिर जीवन बचाउनको लागि गाजा छोड्न अनुमति दिन बारम्बार अनुरोध गर्दै आएका छन ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ०७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल