युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण « Khabarhub

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कीएभ– रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।
युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो ।

कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिएका छन् । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन् ।

सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको