ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी « Khabarhub

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरेका छन् ।

बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा  जढेर पार्टीको बैठकमा सहभागी हुन जाँदै गरेका मन्त्री ज्वालालाई निकालेर प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्ण रूपमा ध्वस्त भएको छ ।

ईपीएस कार्यालय ग्वार्कोमा प्रदर्शन गर्न पुगेको युवाहरूको समूहले प्रदर्शन गर्दा बालकुमारी क्षेत्रको सडक अवरुद्ध भएको छ ।

कोरियाली भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : १७ बजे

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा