दोस्रो टेस्टमा पाकिस्तानविरुद्ध अस्ट्रेलिया विजयी « Khabarhub

दोस्रो टेस्टमा पाकिस्तानविरुद्ध अस्ट्रेलिया विजयी


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

मेलवर्नमा सम्पन्न खेलको चौथो दिन ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान २ सय ३७ रनमा अल आउट भएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि कप्तान शान मसूदले सर्वाधिक ६० रन बनाए भने अगा सलमानले ५० र बाबर आजमले ४१ रनको योगदान दिएका थिए ।

पाकिस्तानलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाका कप्तान पाट कमिन्सले ५ विकेट लिएका । कमिन्सले यस टेस्टको दुवै इनिंगमा ५-५ विकेट लिएका छन् ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ३ सय १८ रन बनाएको थियो भने पाकिस्तानले २ सय ६४ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा २ सय ६२ रन बनाएर पाकिस्तानलाई ३१७ रनको लक्ष्य दिएको थियो ।

योसँगै अस्ट्रेलिया ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज पनि एक खेल अघि नै जितेको छ । अब सिरिजको अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुनेछ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३१ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट