दोस्रो टेस्टमा पाकिस्तानविरुद्ध अस्ट्रेलिया विजयी « Khabarhub

दोस्रो टेस्टमा पाकिस्तानविरुद्ध अस्ट्रेलिया विजयी


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

मेलवर्नमा सम्पन्न खेलको चौथो दिन ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान २ सय ३७ रनमा अल आउट भएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि कप्तान शान मसूदले सर्वाधिक ६० रन बनाए भने अगा सलमानले ५० र बाबर आजमले ४१ रनको योगदान दिएका थिए ।

पाकिस्तानलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाका कप्तान पाट कमिन्सले ५ विकेट लिएका । कमिन्सले यस टेस्टको दुवै इनिंगमा ५-५ विकेट लिएका छन् ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ३ सय १८ रन बनाएको थियो भने पाकिस्तानले २ सय ६४ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा २ सय ६२ रन बनाएर पाकिस्तानलाई ३१७ रनको लक्ष्य दिएको थियो ।

योसँगै अस्ट्रेलिया ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज पनि एक खेल अघि नै जितेको छ । अब सिरिजको अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुनेछ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३१ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६