बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन « Khabarhub

बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लतिलपुरमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् ।

सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेको गृहमन्त्रालय स्रोतले खबरहबलाई बतायो ।

उक्त्र घटनामा प्रहरीले अश्रुग्यास प्रहार र लाठी चार्ज गरेकाे थियाे । प्रहरीको गोली लागेको भनिएका दुई जनाकाे मृत्यु शंकास्पद देखिएपछि  मन्त्रालयले छानविन समिति गठन गरेकाे हाे ।

यो पनि…

बालकुमारी प्रदर्शन : मृतकको सङ्ख्या २ पुग्यो

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी

ईपीएसका विद्यार्थीको प्रदर्शनका कारण बालकुमारी तनावग्रस्त (तस्बिरहरु)

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ४३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ