बालकुमारी घटनाप्रति मन्त्री ज्वालाले गरे दुःख व्यक्त « Khabarhub

बालकुमारी घटनाप्रति मन्त्री ज्वालाले गरे दुःख व्यक्त


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाका विषयमा दुःख व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले बालकुमारी क्षेत्रमा आफ्नो गाडीमा भएको आगजनी र मान्छेको ज्यान जानु र घाइतेसम्म भएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले बालकुमारीमा भएको घटनाका सम्बन्धमा कुनै पूर्वजानकारी नरहेको र आफ्नो मन्त्रालयसँगको कुनै सरोकार समेत नरहेको जिकिर गरे । मन्त्री ज्वालाले सरोकार क्षेत्र नै नभएको निकायको गाडी जलाउनु खेदजनक कुरा भएको बताए ।

घटनाका सम्बन्धमा आफू धेरै जानकार नरहेको र व्यक्तिगत रुपमा पनि कुनै सरोकार र सम्बन्धी केही नरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ०८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण