मेलम्चीको पानी माघ पहिलो साता काठमाडौं पुग्छ : खानेपानीमन्त्री यादव « Khabarhub

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौं पुग्छ : खानेपानीमन्त्री यादव


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौं पुर्‍याइने बताएका छन् ।

आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे । उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताए ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिए । उनले अम्बाथानमा काम भइरहेको बताए । “दैनिक १६÷१७ घण्टा काम भइरहेको छ”, उनले भने । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ४७ बजे

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि