फाइनल अघि नेपाल सुपर लिगको ट्रफी सार्वजनिक « Khabarhub

फाइनल अघि नेपाल सुपर लिगको ट्रफी सार्वजनिक


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज त्रिपुरेश्वस्थित दशरथ रंगशालमा ट्रफी सार्वजनिक गरेको हो ।

फाइनल खेलको एक दिन अगाडी सार्वजनिक गरिएको ट्रफी पछि दुबै टोलीका कप्तानहरुले आफूहरु फाइनल उपाधिका लागि तयार भएको बताए । धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको कुरालाई याद गर्दै यो सिजन उपाधिका लागि तयारी गरेको बताए ।

यता ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरु तयार भएको बताए । नेपाल सुपर लिगको दोस्रो संस्करणको फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो ।

ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौं रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । लिगचरणमा भने ललितपुर चौथो बन्दै इलिमिनेटरमा पुगेको थियो ।

नेपाल सुपर लिगको उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : ३९ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले