फाइनल अघि नेपाल सुपर लिगको ट्रफी सार्वजनिक « Khabarhub

फाइनल अघि नेपाल सुपर लिगको ट्रफी सार्वजनिक


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज त्रिपुरेश्वस्थित दशरथ रंगशालमा ट्रफी सार्वजनिक गरेको हो ।

फाइनल खेलको एक दिन अगाडी सार्वजनिक गरिएको ट्रफी पछि दुबै टोलीका कप्तानहरुले आफूहरु फाइनल उपाधिका लागि तयार भएको बताए । धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको कुरालाई याद गर्दै यो सिजन उपाधिका लागि तयारी गरेको बताए ।

यता ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरु तयार भएको बताए । नेपाल सुपर लिगको दोस्रो संस्करणको फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो ।

ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौं रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । लिगचरणमा भने ललितपुर चौथो बन्दै इलिमिनेटरमा पुगेको थियो ।

नेपाल सुपर लिगको उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : ३९ बजे

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची