‘पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीले ८ जनालाई बेपत्ता बनाए’ « Khabarhub

‘पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीले ८ जनालाई बेपत्ता बनाए’


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीले ८ जनालाई जबरजस्ती बेपत्ता पारेको स्थानीयहरुले आरोप लगाएका छन् । बलोचिस्तानको डारा बुग्ती र केच क्षेत्रबाट ८ जनालाई सुरक्षाकर्मीले बेपत्ता पारेको स्थानीयको आरोप छ ।

बलोचिस्तान पोस्टका अनुसार सुरक्षाकर्मीले ८ जनालाई अज्ञात स्थानमा लगेका छन् । पाकिस्तानी अर्धसैनिक बल फ्रन्टियर कोर, आईएसआई र सीटीडीले बुग्ती कोलोनी फोङ कोलोनीलगायत विभिन्न स्थानमा कारवाही गरी ७ जनालाई अज्ञात स्थानमा लगेको हो ।

त्यस्तै, अर्को घटनामा केच क्षेत्रमा सुरक्षाकर्मीले एक जना युवालाई जबरजस्ती नियन्त्रणमा लिई अज्ञात स्थान लगेका छन् ।

पछिल्लो समय पाकिस्तानमा बलोच आदिवासीविरुद्ध पाकिस्तानी सुरक्षाकर्मीको ज्यादती बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ०४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४