मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाल्पा – मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रामपुरकै बेझाडबाट सोही नगरपालिकाको वडा नम्बर ५ कान्जीहाउस तर्फ जाँदै गरेको लु१८प १४९७ नम्बरको मोटरसाइकल कान्जीहाउस नजिकै दुर्घटना पर्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्।

मृत्यु हुनेमा रामपुर नगरपालिका–२ पुल्चोकका २१ वर्षीय प्रदीप नेपाली रहेका छन्। दुर्घटनामा घाइते नेपालीलाई रामपुर अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको हो। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : १५ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु