काठमाडौँका आयुष रेग्मीले अष्ट्रेलियामा 'रेकी हिलिङ’ तालिम दिँदै | Khabarhub Khabarhub

काठमाडौँका आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिँदै


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘हिलर’ आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिने भएका छन्। फेफ्रुअरी ११ मा सिड्नीको ब्ल्याक टाउनमा उनले यो तालिम दिन लागेका हुन्। आयुष नन–भर्वल हिप्नोटिस्ट र ग्रान्डमास्टर इनर्जी हिलर हुन्।

६ वर्षदेखि सिड्नीमा बसोबास गर्दै आएका काठमाडौंका आयुषले लामो समयदेखि ‘हिलिङ’ प्रक्रियामार्फत मानिसका मानसिक समस्या निको पार्दै आइरहेका छन्। रेकी तालिममार्फत स्मरण शक्ति विकाश, एन्जाईटी, डिप्रेशनबाट मुक्त हुने, आध्यात्मिक उन्नती हुने, मानसिक तनाव, अनिन्द्रा जस्ता समस्याहरुलाई हटाउने काम गरिन्छ। यो तालिम लिएपछि आँफुलाई हिल राख्नुका साथै अरुलाई हिल राख्नुका साथे सिकाउन सकिने इनर्जी हिलर आयुष बताउँछन्।

रेकी १८ सय शताब्दीदेखि अहिलेसम्म चली आएको ‘जापानको हिलिङ’ पद्धती हो। रेकीका विभिन्न तहहरु छन्। प्रत्येक तहमा २१ दिनको साधना गराइन्छ। तर आयुषले मन्त्रसम्मोहनको विधिद्धारा १ दिनमा नै साधनाबिना सबै तहहरुको दिक्षा दिन सकिने बताउँछन्। आयुषले यसअघि अष्ट्रेलियामा नै दुई दिने मन्त्र सम्मोहनको तालिम दिएका थिए।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : ४२ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ