प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौं : मन्त्री दुलाल | Khabarhub Khabarhub

प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौं : मन्त्री दुलाल


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक आइतबार  सिन्धुपाल्चोक आएका उनले उक्त कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सबै माध्यमिक विद्यालयमा लागू गर्ने बताएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित डडुवाको श्री डडुवा भवानी शङ्कर माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सवका मन्त्री दुलालले विद्यार्थीको स्वास्थ्यका लागि कार्यक्रम आवश्यक भएको बताए।

आफू सामाजिक विकासमन्त्री हुँदा कार्यक्रम सुरुआत गरिएको भन्दै उनले यसले आगामी आर्थिक वर्षको प्रादेशिक नीति तथा कार्यक्रममा उल्लेख गरी प्रत्येक माध्यमिक विद्यालयमा नर्स व्यवस्थापन गर्ने तयारी रहेको सुनाए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १२ : ०३ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते