ट्राफिक व्यवस्थापनका कामबाट १६ करोड बढी राजस्व संकलन « Khabarhub

ट्राफिक व्यवस्थापनका कामबाट १६ करोड बढी राजस्व संकलन


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार राजस्व संकलन भएको छ । 

सो अवधिमा दुई लाख २५ हजार पाँच सय ६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष २०७७ माघदेखि २०७८ पुससम्मको यसै अवधिमा एक लाख ३३ हजार आठ सय ६४ सवारी चालकलाई गरिएको कारबाहीमा रु आठ करोड ८७ लाख दुई हजार राजस्व संकलन भएको थियो ।

ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशमा यसवर्ष छ हजार दुई सय ६२ कार्यक्रम सञ्चालन गर्दा नौ लाख ६० हजार एक सय ४६ जना सहभागी भएका र अघिल्लो वर्ष यसै अवधिमा गरिएको कार्यक्रममा पाँच हजार ३८ वटा कार्यक्रममा चार लाख ७६ हजार आठ सय ५४ जना सहभागी भएको प्रनाउ सुवेदीले बताए ।

प्रदेशमा यसवर्ष चार सय दुई वटा दुर्घटना भएकामा  दुई सय १३ मानिसको मृत्यु, तीन सय ८१ जना सख्त  घाइते, दुई सय ४५ सामान्य घाइते भएका र त्यसमा पाँच सय १४ वटा सवारीसाधन परेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष चार सय १५ वटा दुर्घटना हुँदा दुई सय ५१ जनाको मृत्यु, दुई सय ७४ सख्त घाइते, दुई सय ७० जना सामान्य घाइते भएका र  त्यसमा पाँच सय ५४ सवारीसाधन परेका थिए ।

ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नमस्ते अभियान, विद्यालय सचेतना कार्यक्रम, चालकसँग एक मिनेट कार्यक्रम, वातावरण मैत्री ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष र प्रशिक्षण जस्ता १२ वटा शीर्षकका कार्यक्रम प्रभावकारी बनेको उनले जानकारी दिए।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १२ : ४१ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित