शहीद अमरअजर हुन्छन् : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

शहीद अमरअजर हुन्छन् : प्रधानमन्त्री प्रचण्ड


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने बताएका छन् । शहीद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने , ‘शहीदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुन्छन् ।’

संघीय लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछाडि शहीदहरुको त्याग र बलिदान नै प्रमुखकारुपमा रहेको उनको भनाइ थियो । समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा शहीदहरुले भूमिका खेलिरहेको जनाउँदै उनले शहीद दिवसलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए । ‘हामीले माघ १६ लाई त्यसैरुपमा स्मरण गर्ने गर्छौं । शहीदलाई स्मरणको अर्थ औपचारिक समारोहका लागि मात्र होइन, हामीले शहीदहरुको सपना राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो । म यही संकल्पका निम्ति सबैसँग अपिल गर्दछु’, उनले भने ।  

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शहीदहरुले देखेको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको बताए। शान्त, समृद्ध र विकसित नेपाल बनाउनसके मात्र शहीदको आत्माले शान्ति पाउने जनाउँदै उनले भने ‘शहीदका सपना साकार पार्न सम्पूर्ण नागरिकहरू जो जहाँजहाँ छौँ, आ-आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरौँ । सबै समक्ष मेरो यही अनुरोध छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुग्न नेपाल आमाका धेरै सन्ततिको त्याग, तपस्या र बलिदान रहेको सर्वविदितै रहेको जनाउँदै प्रमुख शाहले आफ्नो जीवनउत्सर्ग गर्ने शहीदको बलिदानले नै आज स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए । 

‘अमर शहीदलाई स्मरण गर्ने आजको दिनलाई मैले महत्वपूर्ण र पवित्र पावन दिनका रुपमा  लिएको छु’, उनले भने। 

शहीद सप्ताहको अन्तिम दिन पारेर महानगरद्वारा आज आयोजित सो कार्यक्रममा प्रधानमन्त्री दाहालले लैनचौरस्थित शहीद स्मारकमा पुगेर शहीद स्तम्भमा पुष्पहार अर्पण गरेका थिए । सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । कार्यक्रमअघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता थियो । 

कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारीसहित कामपाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारणको सहभागीता रहेको थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १२ : ४९ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे