धनुषामा हिरासत फोडेर छ जना थुनुवा फरार | Khabarhub Khabarhub

धनुषामा हिरासत फोडेर छ जना थुनुवा फरार


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर छ जना थुनुवा फरार भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सात जनामध्ये छ जना गएराति फरार भएका हुन् ।

फरार हुनेमा दुई जना हातहतियार, तीनजना शान्ति सुरक्षा र अभद्रव्यवहार, तथा एक जना लागूऔषध मुद्दामा थुनुवा रहेका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। हिरासतमा एकजना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् । 

इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ०३ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा