ड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दै | Khabarhub Khabarhub

ड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दै


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

पथरी– पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए ।

आइतबार सुनसरीको इटहरीमा भएको ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’ प्रदेश नं १ को भेलामा किसानहरुले सम्भावनासँगै चुनौती पनि बढ्दै गएको बताएका छन् । फलको बजारिकरणमा समस्या हुन थालेपछि विकल्पका रुपमा जुस, जाम र वाइन जस्ता सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्ने गरेको मोरङ पथरी शनिश्चरेका किसान प्रेम लिम्बूले बताए । 

ड्रागनफ्रुट खेतीका लागि विशेषज्ञ नभएको, माटो परीक्षण विधि नभएको र रोग लागेमा औषधि समेत नपाइने भएकाले खेती गर्न समस्या भएको झापा गौरीगञ्जका उपेन्द्र थापाको भनाइ छ । जमिन र बिरुवामा जति धेरै विषादी प्रयोग गर्यो त्यती नै रोग लाग्ने सुनसरीका किसान कृपासुर घलेले बताए । अहिले ड्रागनफ्रुटका बिरुवामा चार किसिमका रोगहरू देखा पर्न थालेका छन् । ‘माटो र बिरुवाको सुरक्षाका लागि गाईको गहुँत, गोबर र कुखुराको सुली प्रयोग गर्दा रोग लाग्दैन’, उनले भने ।

कार्यक्रममा ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’का केन्द्रीय उपाध्यक्ष भेषराज शाक्यले ड्रागनफ्रुट स्वास्थ्यका लागि फलदायक र लाभकारक हुने भएकाले खेतीमा धेरै सम्भावना भए पनि चुनौती थपिँदै गएको बताए । नेपालमा ड्रागनफ्रुट खेतीका विशेषज्ञ नभएको र सरकारसँग पनि माटो परीक्षणविधि नरहेका कारण किसान समस्यामा रहेको केन्द्रीय सदस्य वासु ढकालले बताए । नेपालमा ड्रागनफ्रुटमा बीमा नीति नभएका कारण सुरक्षाको प्रत्याभूति नरहेको ढकालको भनाइ छ ।

कार्यक्रममा दिननाथ भट्टराईले ड्रागनफ्रुट खेतीको चुनौती र खेती गर्ने विधिबारे सहजीकरण गरेका थिए भने बाबुराम निरौलाले माटो सुधारका विधिबारे जानकारी गराएका थिए ।

भेलाले जयबहादुर तामाङको अध्यक्षतामा ११ कार्यसमिति समेत गठन गरेको छ । एशोसिएशनको उपाध्यक्षमा सञ्जीव राई, सचिवमा एक्सन राई, कोषध्यक्षमा बाबुराम निरौला, सदस्यमा टेकनाथ पौडेल, कमला गुरुङ, रुद्रबहादुर कार्की, भुपेन्द्र थापा, सुरेस सिवाकोटी, मनिस राई र उसा तामाङ छन् । भेलामा प्रदेश नं १ का ५० जना भन्दाबढी किसानको सहभागिता थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  २ : १५ बजे

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल,

‘कुलिङ अफ पिरियड’ को विरोध गर्ने होइन, व्यवस्थित बनाऊँ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई