भूकम्प आउने हल्लाले स्थानीय रातभर जाग्राम « Khabarhub

भूकम्प आउने हल्लाले स्थानीय रातभर जाग्राम


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् । केही दिनअघि बाजुरा केन्द्र बिन्दु बनाइ भूकम्प गएको थियो । त्यही भूकम्पको त्रासमा रहेका कर्णालीवासी आइतबार राति २ बजे ‘भूकम्प आउँदै छ’ भन्ने हल्लाका कारण रातभर घरबाहिर चिसोमा बसेका हुन् ।

‘राति २ बजेपछि भूकम्प आउँदै छ’ भन्ने हल्ला गाउँभरी फैलिएपछि त्रसित भएका सदरमुकाम गमगढीका स्थानीय प्राविधिक कार्यालय, खाद्य संस्थान र महाकाली नमुना माध्यमिक विद्यालयको खुल्ला चौरमा आगो तापेर रातभर जाग्राम बसेका थिए । गलत सूचनाका कारण माघको चिसोमा दूधे बालक काखमा च्यापेर घरबाहिर बस्न बाध्य भएका स्थानीय गलत सूचना दिनेलाई सम्बन्धित निकायले खोजी गरी कारवाही गर्नुपर्ने बताउँछन् । 

गलत सूचनाले सामाजिक रूपमा मात्रै नभएर मानसिकरूपमा पनि नकारात्मक असर गर्ने भएकाले सम्बन्धित निकाय त्यस्ता व्यक्तिलाई खोजी कारवाही गर्नुपर्ने नेपाल रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्लले बताए । यसैबीच भूकम्प आउने हल्लाका कारण स्थानीय त्रसित भएपछि छायानाथ रारा नगरपालिका विपद् व्यवस्थापन शाखाले भ्रमको पछि नलाग्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भूकम्प आउने पूर्व सूचना नहुने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

बीस वर्षअघि ‘रारा ताल फुट्ने’ भन्दै हल्ला फैलाइएपछि रारा ताल आसपासका स्थानीय भागेर अग्ला-अग्ला स्थानमा गएका थिए । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  २ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार