सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन जनशक्ति र पूर्वाधार थपिने  | Khabarhub Khabarhub

सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन जनशक्ति र पूर्वाधार थपिने 


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउने प्रयासमा सरकार लागिरहेको बताएका छन् । कोभिड- १९ खोप, नियमित खोप तथा दादुरी-रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले आयोजना गरेको  राष्ट्रिय समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

मन्त्री गिरीले सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताएका छन् । ‘जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउनेगरी हामी भविष्यमा आउँछौं,’ उनले भने । उनले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए । 

उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा संघ-संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘स्थानीय तह २० वर्षसम्म कर्मचारीले चलाएको अवस्था थियो । अहिले त जनप्रतिनिधि छन् । नगर-गाउँसभा बस्छ । खोपको एजेन्डा पनि त्यहाँ राख्न लगाउनुस् न,’ सरोकारवालाहरुलाई उनले भने, ‘हाम्रा समूहहरु छन्, युवा समूह, विभिन्न संघ संस्था छन् । त्यहाँ समन्वय र छलफल गर्ने गरौँ, मुलकलाई पूर्ण खोपयुक्त बनाउन लागौं । 

खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : ३३ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय