युक्रेन आक्रमणअघि पुटिनले जोनसनमाथि क्षेप्यास्त्र आक्रमणको धम्की दिएको खुलासा « Khabarhub

युक्रेन आक्रमणअघि पुटिनले जोनसनमाथि क्षेप्यास्त्र आक्रमणको धम्की दिएको खुलासा


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसी सेनालाई युक्रेनमाथि आक्रमण गर्न आदेश दिनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूमाथि निशाना बनाएर क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

बीबीसीको सोमबार प्रसारण हुने नयाँ वृत्तचित्रका अनुसार फेब्रुअरी २४ मा आक्रमण हुनुअघि भएको टेलिफोन वार्तामा पुटिनले जोनसनलाई उक्त चेतावनी दिएका हुन् ।

जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्ने प्रयास गर्दै गर्दा पुटिनले उक्त चेतावनी दिएका थिए ।

“उनले मलाई एक पटक धम्की दिएका थिए र भनेका थिए ‘बोरिस, म तपाईंलाई चोट पु¥याउन चाहन्नँ, तर क्षेप्यास्त्र प्रयोग गर्दा एक मिनेट मात्र लाग्नेछ’’’ पुटिनलाई उद्धृत गर्दै जोनसनले भनेका छन् ।

जोनसन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सबैभन्दा निकट पश्चिमी समर्थकहरूमध्ये एकको रूपमा देखिएका छन् ।

रुसी आक्रमणअघि उनले पुटिनलाई युक्रेन नेटोमा सामेल हुने तत्काल कुनै सम्भावना नरहेको बताएका थिए ।

त्यसपछि पुटिनले जोनसनलाई सोधे, “बोरिस, युक्रेन चाँडै नै नेटोमा सामेल हुने छैन भन्नुको अर्थ के हो ।” ‘छिट्टै नै कुनै समय भन्नुको अर्थ के हो ?’

जवाफमा जोनसनले भने, “युक्रेन निकट भविष्यमा नेटोमा सामेल हुने छैन । तपाईँलाई यो कुरा राम्ररी थाह छ ।”

बीबीसीको वृत्तचित्रमा युक्रेनमाथि आक्रमण हुनुभन्दा अघिका वर्षहरूमा रुसी नेता र पश्चिमा मुलुकहरूबीच बढ्दो विभाजनलाई चित्रण गरिएको छ ।

यसमा जेलेन्स्कीले रुसको आक्रमण अघि नेटोमा सामेल हुने आफ्नो असफल महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको पनि देखाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : ५५ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका