राजनीतिमा रविको नैतिकता पनि हरायो « Khabarhub

राजनीतिमा रविको नैतिकता पनि हरायो

प्रचण्ड, देउवा, ओलीजस्तै नयाँ नेता पनि सत्ता स्वार्थमै सीमित


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो केही दिनयता निकै चर्चामा रहेका रवि लामिछाने फेरि पनि सत्ता स्वार्थमा सीमित हुँदा उनको नैतिकतामाथि पनि प्रश्न उठ्न थालेको छ । उनले आइतबार मात्रै नागरिकताको प्रतिलिपि लिए । उनको पहिलेको नागरिकता कायम नरहेको भन्ने सर्वोच्च अदालतको आदेशपछि उनले आइतबार सांसद, मन्त्री र सभापति पद गएपछि निवेदन दिएर नयाँ नागरिकता लिएका हुन् ।

उनले नागरिकता पाएलगत्तै फेरि बालुवाटार पुगेर आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका थिए । तर उनलाई मन्त्री बनाउन नसकिने मुडमा प्रचण्ड छन् । तर सत्ता स्वार्थमा परेपछि नयाँ पार्टी, नयाँ युवा र धेरैको आशाका रुपमा उदाएका रवि लामिछाने फेरि नैतिकताको प्रश्नमा उभिएका छन् ।

उनले यसअघि लिएको दोहोरो राहदानीको विषयमा छानबिन जारी छ । उनले दोहोरो राहदानी दुरुपयोगको प्रश्न पनि पेचिलो छ । तर यी सबै प्रश्न बेवास्ता गर्दै रवि लामिछाने फेरि गृहमन्त्री बन्न आतुर छन् । उनी अब सांसद छैनन् । तर सांसद नहुँदा पनि उनलाई मन्त्री बन्ने हतारो छ ।

यस्तो अवस्थामा कम्तीमा नयाँ अनुहार र युवा भएर पनि राजनीतिमा आएर उच्च नैतिकता देखाउनुको साटो केवल सत्ता र स्वार्थमुखी हुनु लाजमर्दो हो । हिजो सबै नेताहरूलाई गाली गर्दै नैतिकताको पाठ सिकाउने रवि लामिछाने आज आफ्नै हैसियतमाथि प्रश्न उठेका बेला गृहमन्त्री बन्न बालुवाटार धाउनुले धेरै प्रश्न उठाएको छ ।

नेपाली राजनीतिमा नैतिकताको खडेरी परेका बेला सत्तामा रवि लामिछाने र मेयर बालेन शाहमा पनि त्यो कमी देखिएको छ । बालेन शाह यतिबेला आफ्नो काम गराइमा प्रश्न उठाउनेलाई उल्टै प्रश्न सोधेर गैरजिम्मेवारीपन देखाइरहेका छन् ।

बालेनले काठमाडौँ बनाउने नाममा पहिलेको भन्दा केही राम्रा कामको सुरुवात गरेका छन् । तर टुकुचा खोला उत्खनन गरेर अलपत्र छाड्दा त्यसको चौतर्फी आलोचना भयो । सुकुम्बासीलाई व्यवस्थापन गर्नका लागि सबैसँग परामर्श गरेर निर्णायक कदम चाल्न छाडेर उनले केवल हल्ला मच्चाउन मात्रै डोजर चलाउन थालेको विश्लेषण भइरहेको छ ।

पछिल्लो समय बालेन आलोचित हुँदा त्यसको जवाफ कामबाट दिनुको साटो उनी केवल आफ्नो प्रशंसा गर्नेलाई मात्रै स्पेस दिइरहेका छन् । यसले पनि नयाँ पुस्तामा नैतिकताको खडेरी पर्न थालेको छ । पुरानो पुस्ताका नेताहरूमा त यतिबेला प्रचण्ड काफी छन् ।

जसले हिजोका दिनमा दुईपटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको लोभमा संविधान मास्ने प्रतिगमनसँग सम्झौता गरेर सत्तामा टाँसिए । यसले नेपाली राजनीति कति धेरै अवसर र स्वार्थमुखी छ भन्ने देखाउँछ । यसले अब नागरिकमा पुराना नेता मात्रै होइन, नयाँ नेताका रुपमा उदाएका रवि लामिछानेको पनि नैतिकता हराउन थालेको महसुस हुन थालेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ४२ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा