अश्लील भिडियो बनाई महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ « Khabarhub

अश्लील भिडियो बनाई महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक दु:ख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेइज्जत हुने कार्य गरेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३  अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ५३ बजे

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका