चीनको अर्थतन्त्र अपेक्षाअनुसार वृद्धि नहुने विश्व बैंकको पूर्वानुमान « Khabarhub

चीनको अर्थतन्त्र अपेक्षाअनुसार वृद्धि नहुने विश्व बैंकको पूर्वानुमान


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंकले चीनको अर्थतन्त्र अपेक्षाअनुसार वृद्धि नहुने पूर्वानुमान गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२२ मा चीनको अर्थतन्त्र २ दशमलब ७ प्रतिशतले मात्र वृद्धि भएको विश्व बैंकको प्रारम्भीक अनुमान छ ।

चीनले सन् २०२२ मा ८ दशमलब १ प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा गरेको थियो । त्यसैगरी सन् २०२३ मा पनि चीनको अर्थतन्त्र केबल ४ दशमलब ३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ ।

चीनको उत्पादन क्षेत्र कमजोर बन्दै गएकाले अर्थतन्त्रमा दबाब उत्पन्न भएको बताइएको छ । यसअघि चीनले लागू गरेको कठोर शून्य कोभिड नीतिका कारण उपभोक्ताको खर्चमा कटौती भएको थियो । यसबाट पनि चीनको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

लगानी, कम खर्चमा उत्पादन एवम् निर्यातलगायतका कारण हालसम्म उच्च रहँदै आएको चीनको आर्थिक वृद्धि उच्चतम विन्दुमा पुगिसकेको भन्दै विश्व बैंकले यसबाट आर्थिक, सामाजिक एवम् वातावरणीय असन्तुलन उत्पन्न भएको उल्लेख गरेको छ ।

यसलाई सन्तुलनमा ल्याउनका लागि चीनले आफ्नो अर्थतन्त्रको स्वरुपलाई उत्पादनबाट सेवा एवम् लगानीबाट उपभोगमा परिमार्जन गर्नुपर्ने जनाएको छ ।

अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टका अनुसार चीनमा घट्दो जन्मदर र यससँगै श्रम बजार पनि घट्दै गएको छ । सोही कारण चीनको उत्पादकत्वमा पनि नकारात्मक प्रभाव परिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्