इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच छलफल « Khabarhub

इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच छलफल


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले सोमबार भ्रमणरत अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायल र प्यालेस्टाइनबीचको बढ्दो तनावबारे छलफल गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति अल–सिसीले जारी तनावको स्थितिलाई शान्त पार्न र दुई पक्षहरूद्वारा लिइएका एकपक्षीय कदमहरूलाई थप उत्तेजित पार्नबाट रोक्दै राजनीतिक र सुरक्षा स्तरहरूमा तत्काल छलफल चलाउन आग्रह गरेका थिए ।

इजिप्टका राष्ट्रपतिले अन्तरराष्ट्रिय अभ्यास र सन्दर्भअनुसार प्यालेस्टिनी जनताको अधिकारको ग्यारेन्टी गर्ने न्यायोचित समाधानमा पुग्न इजिप्टको दृढ अडानलाई दोहोर्याए। मध्यपूर्वको तीनदिने भ्रमणमा रहेका मन्त्री ब्लिन्केनले वाशिङटनले इजिप्टसँगको स्थिरता र शान्ति कायम गर्न बलियो समन्वयमा भरोसा गरिरहेको बताए । उनीहरुबीच साझा सरोकारका थुप्रै क्षेत्रीय र अन्तरारष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेशमन्त्री ब्लिन्केन सोमबारपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न जाने कार्यक्रम तय भएको छ । रमाल्लाहमा प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग पनि उनले छलफल गर्ने बताईएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ४२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग