सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती « Khabarhub

सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको छ ।

सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विसं २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्रे गर्न विसं २०७६ जेठ ३१ गते विरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो ।

पछिल्लो पटक थपिएको म्याद आगामी असारमा सकिँदैछ । गत वैशाख महिनाको पहिलो सातादेखि सडक निर्माणको काम ठप्प छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए।

“दुई÷तीन वटा ठेकेदार फेरिए । कसैले पनि काम पूरा गरेका छैनन् । काम अधकल्चो बनाएर छाडेका छन्”, उनले भने, “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका छन् ।” सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताए । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । “काम सुचारु नगरेपछि जमानत जफत गर्न जमानी बसेको बैंकलाई पत्राचार गरेका छौँ”, उनले भने, “तत्काल पर्याप्त मजदुर, उपकरण परिचालन नगरे ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छौँ ।”

म्याग्दी क्षेत्र (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले केही दिनअघि सडकको अनुगमन गर्दै निर्माणलाई गति दिन कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका थिए । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बर्खा, नदीजन्य निर्माण सामग्रीको अभाव, चुनावलगायत कारणले रोखिएको निर्माण कार्य सुचारु गराउन लागेको बताए। “कार्यस्थलमा भएका उपकरणको मर्मत र मजदुर ल्याइसकेको छु”, उनले भने “एक–दुई दिनमै काम सुरु गर्छु । नदीजन्य निर्माण सामग्रीको अभाव भएकाले सहजीकरण गरिदिन गाउँपालिकालाई अनुरोध गरेको छु ।”

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ११ बजे

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले