सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती « Khabarhub

सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको छ ।

सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विसं २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्रे गर्न विसं २०७६ जेठ ३१ गते विरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो ।

पछिल्लो पटक थपिएको म्याद आगामी असारमा सकिँदैछ । गत वैशाख महिनाको पहिलो सातादेखि सडक निर्माणको काम ठप्प छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए।

“दुई÷तीन वटा ठेकेदार फेरिए । कसैले पनि काम पूरा गरेका छैनन् । काम अधकल्चो बनाएर छाडेका छन्”, उनले भने, “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका छन् ।” सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताए । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । “काम सुचारु नगरेपछि जमानत जफत गर्न जमानी बसेको बैंकलाई पत्राचार गरेका छौँ”, उनले भने, “तत्काल पर्याप्त मजदुर, उपकरण परिचालन नगरे ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छौँ ।”

म्याग्दी क्षेत्र (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले केही दिनअघि सडकको अनुगमन गर्दै निर्माणलाई गति दिन कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका थिए । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बर्खा, नदीजन्य निर्माण सामग्रीको अभाव, चुनावलगायत कारणले रोखिएको निर्माण कार्य सुचारु गराउन लागेको बताए। “कार्यस्थलमा भएका उपकरणको मर्मत र मजदुर ल्याइसकेको छु”, उनले भने “एक–दुई दिनमै काम सुरु गर्छु । नदीजन्य निर्माण सामग्रीको अभाव भएकाले सहजीकरण गरिदिन गाउँपालिकालाई अनुरोध गरेको छु ।”

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ११ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका