एक चीन नीति पालना गर्न अमेरिकालाई चीनको आग्रह | Khabarhub Khabarhub

एक चीन नीति पालना गर्न अमेरिकालाई चीनको आग्रह


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन-अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन-अमेरिका बीचको सम्बन्धलाई खलबल पुर्याउँने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

सार्वजनिक सञ्चार माध्यममा जनाइएअनुसार अमेरिकी रिपब्लिकन काङ्ग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले त्यस भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।

मन्त्रालयका प्रवक्ता माओले चीनले चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा कुनै प्रकारको दुई देशीय गतिविधिको विरोध गर्दछ ।

प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र तीन चीन(अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गरे । दुई देश बीचको संयुक्त विज्ञप्ति र चीन–अमेरिकालाई असर गर्ने कुनै पनि काम नगर्न र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर बनाउँने कुनै पनि प्रकारका गतिविधि नगर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ४० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको