शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी « Khabarhub

शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताए । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदको योगदानको कदर गर्नुपर्ने धारणा राखे ।

“समृद्ध नेपालको बाटोमा दत्तचित्त भएर लाग्न शहीदहरुले बाटो देखाउनुभएको छ, शहीदको बलिदानबाट ऊर्जा लिएर नयाँ सङ्कल्प गरौँ, देश निर्माणको महाअभियानमा हामी सबै जुटौँ”, मुख्यमन्त्री अधिकारीले भने।

उनले लोकतन्त्र प्राप्तिका लागि शहीदहरूले पु¥याएको योगदान कहिल्यै बिर्सन नसकिने बताए । त्यसअघि मुख्यमन्त्री अधिकारीसहित विभागीयमन्त्री, प्रदेशसभा सदस्यलगायत विशिष्ट व्यक्तिहरूले शहीदचोकमा रहेको शहीद स्तम्भमा सम्मान अर्पण गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : १० बजे

यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला

जनकपुरधाम – जनविद्रोहको यात्रा पार गर्दै मधेस तत्कालीन संविधानसभाको चुनावमा

सेयर बजार १०.८७ अंकले ओरालो

काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार ओरालो

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ- सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एक जनाको

सर्वसाधारणका लागि पौडी पोखरी खुला

काठमाडौँ– सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको पौडी पोखरी सर्वसाधारणका

रामनवमी मनाउन मन्दिर गएका २५ भक्त इनारमा खसे

इन्दोर- रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका