राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन « Khabarhub

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

सत्ता गठबन्धनबाट नेकपा ९एमाले० र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी यही माघ ११ गते दर्ता भएको थियो । त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको थियो ।

एमालेबाट रोल्पा रुन्टीगढी–५ का कुमार दसौतीले मनोनयन दर्ता गराएका थिए । दसौदीको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ रहेका छन् । नागरिक उन्मुक्तिबाट स्थायी घर सल्यान भई हाल बाँकेको नेपालगञ्जमा बसोबास गर्दै आएका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन्।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् । उनको समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी रहेका छन् ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुनेछ । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न प्रदान गरिएको जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँचजना मतदाता रहेका छन् । जसमा दुई सय १८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : २१ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ