सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितबिचको वार्ता आज « Khabarhub

सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितबिचको वार्ता आज


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज वार्ता हुने भएको छ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहान १० बजे गृह मन्त्रालयमा छलफल गर्ने भएका हुन् ।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य र पीडित पक्षको तर्फबाट पनि ५ जना गरी १० जनाको सहभागिता रहने छ ।

सरकारी समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : २३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब