प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् सातौँ पटक विस्तार हुँदै  « Khabarhub

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् सातौँ पटक विस्तार हुँदै 


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सातौँ पटक मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्ने बैठकबाट कुन दलले कुन मन्त्रालय पाउने भन्ने सहमति गरेर आजै नयाँ मन्त्रीको शपथ गराउने तयारी छ।

सत्तारुढ गठबन्धनमा हाल रिक्त १६ वटा मन्त्रालयसहित २३ वटा मन्त्रालयको भागबन्डा करिब टुंगो लागेको छ। जसअनुसार गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने भएका छन् ।

बालुवाटारमा बुधबार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २३ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आए २ मन्त्रालय दिन सकिने गरी प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको बुझिएको छ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले भोलिपल्ट सानो आकारको मन्त्रीपरिषद् बनाएका थिए। त्यसपछि माघ ३, माघ १४, माघ २३, फागुन १४ र १६ गते मन्त्रीमण्डल विस्तार र हेरफेर गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : ४८ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने