आठ वर्ष पछि जुरे पहिरो पीडितले नगद राहत पाउने | Khabarhub Khabarhub

आठ वर्ष पछि जुरे पहिरो पीडितले नगद राहत पाउने


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ वर्ष पछि नगद राहत पाउने भएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरो पीडितले उक्त राहत रकम पाउन लागेका हुन् ।

स्थानीय तहको समन्वयमा पीडितको तथ्याङ्क एकिन गरी मापदण्ड बनाएर रकम दिनका लागि निर्देशन भएको सिन्धुपाल्चोक–१ सांसद  माधव सापकोटाले जानकारी दिए । उनका अनुसार नेपाल बैंक लिमिटेड, चौतारा शाखामा रहेको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउनका लागि मन्त्रीपरिषदको निर्णयसँगै अब खुल्ला हुन पुगेको छ ।

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिदा गएको पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ८ : २९ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र