चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय | Khabarhub Khabarhub

चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवार बन्ने निर्णय लगत्तै उनले आफू धर्तिपुत्र भएको बताउँदै मंसिरको निर्वाचनको परिणाम वैशाखमा उल्टिने घोषणा गरेका छन्।

श्रेष्ठ चितवन कांग्रेसका पूर्व सभापतिसमेत हुन् । मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि यो क्षेत्र रिक्त भएको थियो।

अहिले लामिछाने पुन: नागरिकता लिएर चुनाव लड्ने तयारीमा रहेका छन्। नेकपा एमालेले पनि बलियो उम्मेदवार अघि सार्ने तयारी थालेको छ।

चितवन २ सहित देशका तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १२ : ११ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’