फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु | Khabarhub Khabarhub

फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणी फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार घटनामा २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तटरक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् । पानीजहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो ।

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् ।

सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १ : ४८ बजे

ओलीले विश्वासको मत लिँदा उपस्थित भएनन् यी सांसद

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सत्ता पक्ष

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि

ओलीले विश्वासको मत लिँदा ११ सांसद अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सक्त पक्ष

संसद्‍को दुईतिहाइ विश्वासपछि प्रसन्न ओली (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् ।

भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमा मनाएको छ । आषाढ