सर्वसाधारणका लागि पौडी पोखरी खुला « Khabarhub

सर्वसाधारणका लागि पौडी पोखरी खुला


१६ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।

आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।

व्यक्तिगतका लागि प्रति सिफ्ट दुई सय, मासिक चार हजार, त्रैमासिक १० हजार, प्रशिक्षणसहित प्रतिमहिना पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक १३ हजार शुल्क तोकिएको छ ।

गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने एक करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ३ : ३५ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित