भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जना पक्राउ « Khabarhub

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जना पक्राउ


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी ५० जनाभन्दा बढी पीडितबाट ३ करोड २४ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले सागर राईलाई पक्राउ गरेको हो ।

घटनाबारे परेका २ वटा छुट्टाछुट्टै किटानी जाहेरीका आधारमा ठगी गर्ने कार्यमा संलग्न राईलाई काठमाडौँको बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिताको दफा २४९ (१) र (२) बमोजिमको कसुर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ५ : ४६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।